मासु खाँदा के हुन्छ ?

मासु तथा अण्डाले शरिरमा प्रोटिन, भिटामिन D, B3, B6, B12 जिङ्क, आइरनको पूर्ति गर्छ। 

मासु खानै पर्ने तर्क गर्दा फोलिक एसिडको उदाहरण दिने गरिन्छ। DNA र RNA को न्युक्लियस एडिस बनाउने प्रमुख तत्व, B भिटामिन मध्येको एक, फोलिक एसिड पानीमा सजिलै घुल्छ। रातो रक्तकोष निर्माणमा यसले प्रत्यक्ष भूमिका खेल्छ। साथै सुन्ने क्षमता काम राख्न र दिमागको स्वास्थ्यको लागि यो महत्वपूर्ण मानिन्छ। अण्डाको पहेलो भागमा यो पाइन्छ। मासुबाट पनि यसको पूर्ति गरिन्छ।  

ब्रोकाउली, बन्दा, काउली, थुप्रै फलफुल विशेषगरी मेवा र किवी, दुध, सुन्तला, सूर्यमुखीको बियाँमा पनि प्रशस्त फोलिक एसिड पाइन्छ।

दुध, चिज, दहीमा क्याल्सियम पाइन्छ। साथै राम्रो प्रोटिनको स्रोत पनि हो। गेडागुडी प्रोटिनको अर्को राम्रो स्रोत हो।

अर्थात शरिरमा उत्पादन नहुने केही तत्वहरुको पूर्तिका लागि मासुका धेरै विकल्प छन्। मासुको स्वादमा भूल्दा जति रमाइन्छ त्यति यसले शरिरलाई हानी पुर्याइरहेको हुन्छ। 

यसका वेफाइदा यति धेरै छन् कि यसलाई ३ वर्गमा छुट्याउन सकिन्छ।


शारिरीक हानी


Neu5Gc (N-Glycolyneuraminic acid) केवल जनावरको मासुमा पाइन्छ। यसलाई मानव शरिरले सेन्थेसाइज गर्न सक्दैन।  यसले क्यान्सर र मुटुको रोग निम्त्याउन भूमिका खेल्छ। मानव शरिरमा पाइने सबैखाले ट्युमरमा यो एसिड भेटिने गर्छ। यसले उत्पन्न गराउने जलनले ट्युमर बढाउने र आर्टरीहरु कडा पार्ने गर्छ।

चिल्लो र बोसो युक्त मासुले फोक्सोमा जलन गराउँछ। साथै केही घण्टामा नै यसले मुटुका भल्भहरु कडा बनाइदिन्छ। मासु खानु अन्तत: मुटु रोग निम्त्याउनु हो।

४० प्रकारका मासु परिक्षण गर्दा यसले शरिरमा bacterial toxin को मात्र बढाउँने देखियो। मासु खाएको केही घण्टामा नै  endotoxemoia अर्थात रगतमा ब्याक्टेरियाको सङ्ख्या अधिक बढ्छ। यस्ता ब्याक्टेरियाहरु चर्को आगोमा पकाएका मासुमा पनि भेटियो। साथै यी व्याक्टेरिया लामो समयसम्म बाँच्न सक्ने र शरिरका उत्पन्न हुने पाचनरसले समेत मार्न सक्दैन्

घाँस खाने जनावरका मासुले शरिरमा जलन गराउँछन्। यी जनावरका मासुमा हुने चिल्लोले प्यान्क्रियाजको क्यान्सर गराउँछ। कुखुराको मासु युरिनरी ट्र्याक्टको इन्फेक्सनसंग जोडिएको छ। मासुमा हुने कोलेस्टेरोलले क्यान्सर बढाउन सहयोग पुर्याउँछ। दैनिक आधा मात्र अण्डाको सेवनले समेत मुख, घाँटी, प्रोस्टेर, ब्लाडर, कोलोन र स्तन क्यान्सर निम्त्याएको देखिएको छ।

मासुमा एन्टिअक्सिडेन्ट हुँदैन। कुनै मासुमा भएपनि निकै कम मात्रमा हुन्छ। एन्टिअक्सिडेन्ट शरिरमा अति आवश्यक हुन्छ। महिलाको दुधमा सबैभन्दा बढी एन्टिअक्सिडेन्ट पाइन्छ।

मासुले मान्छेको औसत उमेर घटाउँछ। ३७ हजार पुरुष र ८३ हजार महिलामा हार्भड युनिभर्सिटीले गरेको अध्ययनले गरेको अनुसन्धानले यस्तो देखाएको हो।

मासुले विभिन्न खाले एलर्जी, दम, औषधी खाँदा एलर्जी समेत गराउँछ।

मृगौला फेल हुनुमा पनि मासुको प्रत्यक्ष भूमिका देखिन्छ। मासुको सेवनले मानव प्रोटिन पनि पिसाब संगै बाहिर गएको पाइएको छ। यो असमान्य अवस्था हो। 

सानो आन्द्रा र ठूलो आन्द्राको लम्बाइ मावन शरिरमा मांशहारी जनावरको भन्दा लामो हुन्छ। मावन शरिरले मासु राम्रो संग पचाउन सक्दैन। त्यसमाथी यसमा हुने अत्याधिक ब्याक्टेरियल गतिविधि, आन्द्रा लामो हुनाले पेटबाट मलद्वारसम्म जान अधिक समय लाग्दा यसको पाचन प्रक्रिया निकै घिनलाग्दो भइदिन्छ। त्यसैले मासु अधिक खाने व्यक्तिहरुमा मलद्वार सम्बन्धि समस्या बढी आउँछन्। ग्यास्ट्रिक बढ्ने, पेट दुख्ने, दिशा गन्हाउने र पाद बढी आउने हुन्छ। पेट र आन्द्रा सम्बन्धि समस्याले अनुहारको छालामा प्रत्यक्ष हानी पुर्याउँछ। अनुहारको चमक हराउँछ, हात र खुट्टाका छाला रुखो र कडा बन्छ।

मानसिक हानी


जनावरको मासु पाइने Arachidonic acid ले मस्तिष्कमा जलन उत्पन्न गराउँछ। यसले ड्रिप्रेसन, थकान र चिन्ता बढाउँछ। कुखुराको मासु र अण्डामा यो एसिड बढी पाइन्छ।

मांसहारीको ध्यान दिने क्षमता शाकाहारीको भन्दा कमजोर हुन्छ। मासु सेवनले छिट्टो रिस उठ्ने, आलश्य लागिरहने र आत्मविश्वास गिर्ने हुन्छ। मासुले गर्ने शारीरीक हानीले मानसिक रुपमा पनि असर पुर्याउँछ। मांसहारी व्यक्ति सुत्न बढी मनपराउँछन्। मासु पचाउन शरिरले अत्याधिक उर्जा खर्च गर्ने र यसले निम्त्याउने अनेक शारीरिक  समस्याले शरिर चाडै थाक्ने भएकाले बढी निन्द्रा आवश्यक पर्छ।
  
यता सात्विक भोजन ( Vegetarian food)ले मुड ठिक राख्छ। चिन्ता र ड्रिप्रेसन घटाउँछ र रिस नियन्त्रण हुन्छ। फलत: मासु खाने व्यक्ति भन्दा नखाले बढी शान्त हुन्छ। शरिरको उर्जा कायम रहिरहन्छ। आत्मग्लानी घटाउँछ र साथीभाइसंग घुलमिल हुन शाकाहारी व्यक्ति बढी सहज मान्छन्।


आध्यात्मिक हानी


विभिन्न धर्म ग्रन्थले प्राणी हत्यालाई पाप मान्छ। अर्को शरिरको हत्या गर्नु मानव चेतनाको विकासको लागि ठिक त हुँदै होइन तर मात्र यो कारणले यसलाई पाप मानिएको होइन। मासुले निम्त्याउने आध्यात्मिक असर सोचेभन्दा गम्भीर छन्। कुनै न कुनै प्रकारका ध्यान पद्धतीको अभ्यास गर्ने व्यक्ति मासुको असर सहजै महसुस गर्छ। 

अध्यात्मलाई देवी देवता, स्वर्ग र नर्कसंग जोडेर हेर्ने गलत दृष्टीकोणको कारण यी विषयको गाम्भीर्यता बुझ्न सकिदैन। 

पञ्चशीलका बारेमा सबैले सुनेकै छौ। चोरी नगर्ने, हत्या नगर्ने, सत्य बोल्ने, व्यभिचार नगर्ने र लागुपदार्थ सेवन नगर्ने। कोही व्यक्ति यी शील पालना गर्छन् भने यसको प्रयोगले ल्याउने अनेकन सफलताका बारेमा भनिराख्नु पर्दैन। व्यक्तित्व, स्वास्थ्य, सामाजिक, आर्थिक एंवम पारिवारिक अवस्था सबैमा यसले गर्ने सकारात्मक असर केवल यसको पालना गर्नेले भोग्ने गर्छन्। अनुभवको क्षेत्र भएकाले अनुभव गरेकाले मात्र यसको फाइदा लिएका छन्, बाँकीका लागि केवल कल्पना, सपना र दौडधुप बनेको छ। जीवन एक तनाव बनेको छ। बोझ भएको छ। बोझिलो शरिर, द्वविधात्मक मन अनिश्चित भविष्य तर्फ घिस्रिएको छ। यो अहिलेको सबैभन्दा विकराल समस्या बनेको छ। तर यसको सहज समाधान छ।

पञ्चशील पालना गर्दा शारिरीक र मानसिक अवस्था त ठिक हुन्छन् नै तर यसको प्रमुख उद्देश्य अर्कै छ। शील विशेषत: समाधिका लागि गरिन्छ। समाधी अर्थात मनको नियन्त्रण गर्नु। जति पनि समस्या तपाई व्यक्तिगत रुपमा भोग्दै हुनुहुन्छ, ९० प्रतिशत भन्दा बढी समस्या तपाई आफैले सृजित गर्नु भएको हो। मनमा नियन्त्रण नहुँदा द्वविधा बढ्छ, के ठिक के बेठिक छुट्याउन समय लाग्छ, अधिकांस समय गलत निर्णय गरिन्छ। जीवनभर चलिरहेको यो प्रक्रियाले समस्या यति बढाएको छ कि सुधार कहाँबाट गर्ने भेउ सम्म पाउन सकिन्न। समाधीका लागि विभिन्न वैज्ञानिक पद्धती त छदैँछन्, शील पालना पहिलो खुट्किलो हो। 

मासु सेवन गर्दा अर्को प्राणीको हत्या हुने र यसले मनमा आत्मग्लानी गराउँने हुँदा मन सधै अशान्त रहने हुन्छ। यस्तो अवस्थामा समाधी झण्डै असम्भव भइदिन्छ। समाधी बिना कुनै पनि काम ठिक ढंगले हुँदैन। काममा ध्यान पर्याप्त दिन मन नहुने भएपछि भद्रगोल बन्नु स्वभाविक हो। यो अस्तव्यस्तताकै बिच मासु सेवनले गरिन्छ, मनसम्बन्धी समस्या झनै बढाइन्छ, तर मन नियन्त्रणमा नभएकाले पत्तो सम्म पाइन्न मासुले कति बेफाइदा गरिहरको छ। ख्याल गर्ने, हेर्ने, शरिर अनुभव गर्ने क्षमता नभएकाले शरिर र मस्तिष्तमा गभ्मीर असर परिरहँदा पनि समस्याको जरो पकडमा आउँदैन। साथै मासुले शरिरमा गम्भीर असर पुर्याउँदा मन र शरीर दुवै समाधीका लागि तयार हुन सक्दैन।

कसैलाइ लाग्न सक्छ, समस्या यति धेरै छ, केवल मासु सेवन छोड्दा कसरी समस्याको निदान हुन्छ ? यस्तो सोचाइ आउनु अस्वभाविक होइन। किनकी कुनै विषयमा साच्चै विश्वास गर्न त्यसको अनुभव भएको हुनुपर्छ। शरिरनै गह्रौ छ, अकडिएको छ, मन अशान्त छ, ड्रिप्रेसन, चिन्ता, तनाव, थकान, रिस सामान्य झै भइसकेको छ र कसैले मासु नखादाँ ठिक हुन्छ भन्दा पत्याउने गाह्रो हुन्छ। तर यो गर्नै नसकिने भएको भए एक कुरा हुन्थ्यो। मासु छोडेपछि शरिर र मुडमा आउने फरकपना स्वयंले अनुभव गर्ने सक्ने भएकाले यो इच्छाशक्तिको मात्र कुरा हो। यदि जीवन सहज चाहिएको छ, खुसी र सुख प्राप्त गर्ने इच्छा छ भने शाकाहारी बन्नु पहिलो कदम हो। 

पञ्चशीलका सबै पालना गर्ने व्यक्ति निश्चय नै समाधी तर्फ आफै डोरिन्छ। समाधी पश्चात प्रज्ञा अर्थात ज्ञानको अर्को चरण स्वत खुल्छ। प्रज्ञामा प्रतिष्ठित हुन जो कोही सक्छ। यो केवल मानवमा भएको शक्ति हो, अन्य प्राणी सक्दैनन्। मानव चेतनाको सबैभन्दा उच्चतम अवस्थामा पुर्याउन विभिन्न ध्यान विधिहरु उपलब्ध छन्। सबैभन्दा वैज्ञानिक ध्यान विधि नेपालमै सिकाइन्छ। गौतम बुद्धले खोजी निकालेको ध्यान विधि 'विपश्यना' सबैभन्दा कारगर र वैज्ञानिक ठहरिएको छ। यसको अभ्यासले व्यक्तिको मन नियन्त्रण आउने मात्र होइन अनेकन शारीरिक एंवम मानसिक रोगबाट मुक्त भएका कयंन उदाहरण छन्। कुनै धर्मग्रन्थमा आधारित नहुनु, बिना शुल्क ध्यानकेन्द्रमै खाने, सुत्ने र ध्यान गर्ने वातावरण हुनु र यसको असर प्रत्यक्ष अनि तत्काल महसुस हुने भएकाले यसको अभ्यास गर्नेको सङ्ख्या बढ्दो छ।

विपश्यना ध्यान विधि आफुलाई हेर्ने विशेष विधि हो। यो ध्यानमा कल्पनाको कुनै स्थान छैन। आफुलाई के अनुभव भएको छ, शरिरका विभिन्न स्तरमा कस्ता घटना घट्दैछन् त्यसलाई हेर्न, अनुभव गर्न यो विधिले सिकाउँछ। केवल अनुभवको क्षेत्र भएकाले बिना अभ्यास यसको असर भोग्न सकिदैन। यसको प्रारम्भीक अभ्यासले व्यक्तिमा रिस कम हुने, दुर्व्यसनी हट्ने, लत छोडिने, इन्द्रियका कार्य क्षमता बढ्ने, थकान घट्ने, वेचैनी घट्ने, शारीरिक रोगहरुबाट मुक्त हुने, शरिर फुर्तिलो हुने, काम गर्न जाँगर बढ्ने, स्मरण शक्ति बढ्ने, काममा ध्यान लाग्ने अनि अन्य प्रति सहानुभती राख्ने बानीको विकास स्वत: हुन्छ। ध्यानमा पाकिसकेका व्यक्तिहरु देख्दैमा शान्त देखिन्छन्। समयको महत्व स्वतं बुझिन्छ। बस्ने, उठ्ने, हिड्ने, सुत्ने सबै प्रक्रिया जागरुक बन्छन्। शरिरलाई के आवश्यक छ, केले हानी गर्छ स्वभाविक रुपमै ख्याल हुन थाल्छ। जागरुकताको बाटो भएकाले हर क्षण जागरुक रहन यसले सिकाउँछ। यसले व्यक्तिको चेतनाको स्तर नै विकास गर्ने भएकाले शरिर र मस्तिष्कमा यसको प्रभाव अलौकिक ढंगले हुन्छ। यसको अभ्यास गर्न स्वइच्छा हुन जरुरी छ। विपश्यनाको विस्तृत अनुभवको बारेमा अर्को अंकमा।

No comments:

Post a Comment